Sajhamanch Archive

एनएमसी बुद्धशान्ति कपको उपाधि आयोजकको पोल्टामा

Published: (Updated: ) in खेलकुद by .

बुधबारे । झापाको बुधबारेमा सम्पन्न एनएमसी बुद्धशान्ति प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिताको उपाधि आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्तिले उचालेको छ ।

प्रदेश नम्बर एकको नेपाल प्रहरीलाई ३–२ को सेटमा ( २१–२५, २५–२०, २५–२२, २२–२५ र १९–१७) पाखा लगाउँदै आयोजकले उपाधि उचालेको हो । उपाधि सँगै आयोजकले एकलाख नगद र ट्रफि प्राप्त गरेको छ भने उपविजेता प्रहरीले नगद ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो हुने टिम भोजपुरले नगद २५ हजार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडीमा आयोजकका आशिष जंग कार्की घोषित भए भने फाइनल खेलको म्यान अफ दी म्याच प्रहरीका जितबहादुर मगर भए ।

राष्ट्रिय युवा समाजको आयोजना तथा नेपाल बहुउदेश्यीय सहकारी संस्था मुख्य प्रायोजक रहेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *