Sajhamanch Archive

लिम्बूवान क्रान्तिकारी र लिम्बूवान राष्ट्रिय क्रान्तिकारी बीच एकीकरण

Published: (Updated: ) in राजनीति by .

विर्तामोड । अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान राज्य माग गर्दै आएको लिम्बूवान क्रान्तिकारी पार्टी र लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीबीच एकीकरण भएको छ ।

माटोसहितको पहिचान प्राप्तीका लागि दुईपार्टी बीच एक भएको बताइएको छ । दुई पार्टीको मंसीर ४ गते झापाको विर्तामोडमा एकीकरण गरी लिम्बूवान क्रान्तिकारी पार्टी भएको आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिस हेल्लोकले जानकारी दिए ।

मनिस हेल्लोक अध्यक्ष र मिसेक हाङ पार्टी इन्चार्ज रहेको लिम्बूवान क्रान्तिकारी पार्टीको अब लडाँई लिम्बूवान प्राप्तीको भएको अध्यक्ष हेल्लोकले बताए । अहिलेको संघीयता नेपाली जनताको चाहना विपरित रहेको ठहर गर्दै पार्टीले जनमुखि पहिचान सहितको संघीयताका लागि लड्ने जनाएको छ ।
अरुणपूर्व अर्थात १ नम्बर प्रदेशलाई किराँत लिम्बूवान नामाकरण गरिनु पर्ने माग अघि सारेको उक्त पार्टीले लिम्बूवानी समाजवाद स्थापनाका लागि निर्णायक संघर्ष गर्ने अध्यक्ष हेल्लोक र इन्चार्ज मिसेकहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

पूर्वका नौ जिल्लालाई कार्यक्षेत्र बनाएको लिम्बूवान क्रान्तिकारीमा हाल एकलाख पचासहजार सदस्य रहेको आवद्ध रहेको दावी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *