Sajhamanch Archive

‘जमिन राज्यको हुनुपर्छ’

Published: in मिडियाबाट साभार by .

काठमाडौँ  ।  जमिनको स्वामित्व सम्बन्धी विद्यमान व्यवस्थाले सबै क्षेत्रको लागत बढाएको र वित्तीय स्थायित्वमै समस्या भएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

नेपाल समाजशास्त्र संघको कार्यक्रममा बुधबार उनले जमिन निजी सम्पत्ति नभई भोगाधिकार मात्रै हुनुपर्ने बताए । ‘जमिन राज्यको हुनुपथ्र्यो ।

निजी सम्पत्तिका रूपमा हुनुपर्छ भनेर संवैधानिक व्यवस्था गरिहाल्यौं,’ उनले  भने, ‘जमिनमा कसैको स्वामित्व हुँदा सबै क्षेत्रको लागत बढ्यो । विकास निर्माण, वित्तीय स्थायित्वलगायत सबै क्षेत्रमा समस्यै समस्या भयो ।’

प्राकृतिक स्रोतहरू जल, जंगल र जमिन राज्यको हुनुपर्ने उनको धारणा छ । ‘यसबारे संविधान बनाउने बेलामै बहस हुनुपथ्र्यो, त्यो गर्न सकेनौं । विकास निर्माणका काममा राज्यले कति जमिन किन्ने ? कति मुआब्जा दिइरहने ?’

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *