Sajhamanch Archive

टि–१० लिगमा सन्दीपको सनसनिपुर्ण प्रदर्शन

Published: (Updated: ) in खेलकुद, by .

युएईमा जारी टि–१० क्रिकेटमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले सनसनिपुर्ण प्रदर्शन गरेका छन्। केरेला किंग्सबाट १० ओभरको खेलमा युएइमा रहेका सन्दीपले आफ्नो पहिलो खेलमा सर्वाधिक ३ विकेट लिंदै सनसनि मच्चाएका हुन्।

पाकटोन्सविरुद्धको पहिलो खेलमा केरलाको बलिङमा सन्दीपले एकछत्र राज गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए। म्यान अफ द म्याच घोषित भएपछि भने ‘मेरो लागि टि–१० लिग सहज थिएन् तर समयले साथ दियो। मैले लेन्थ र लाइनमा बलिङ गर्दा सफल्ता हात पार्न सफल भएँ।’ म्यान अफ द म्याच भएपछि उनले नगद २ सय डलर प्राप्त गरे।

सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमानै विकेट लिन सफल भए। सन्दिपले केरलाको पाँचौ ओभरमा बलिङको मौका पाए। उनले पहिलो बलमा नै ३२ रन बनाएर क्रिजमा रहेका आन्द्रे फ्लेचरलाई आउट गरे। सन्दीपले सनसनिपुर्ण प्रदर्शन गर्ने क्रममा सोहि ओभरको अन्तिम बलमा कोलिन इनग्रामलाई आउट गर्न सफल भएका थिए।

एकै ओभरमा दुई विकेट लिंदै सनसनि मच्चाएका सन्दिपले छैंटौ ओभरको चौंथो बलमा मुहमद कालिमलाई शुन्य रनमा आउट गर्दै उनले डेब्यु टि–१० मानै आफ्नो प्रभाव छोड्न सफल भए। सन्दीपको उत्कृष्ट बलिङपछि निर्धारित १० ओभरमा ५ विकेट गुमाएर पाकटोन्सले १ सय ९ रन बनाएको थियो। जवाफमा केरलाले ब्याटसम्यानहरुको सानदार प्रदर्शनमा १३ बल अगावै लक्ष्य भेटाएको थियो। जसमा इयान मोर्गन र पल स्ट्रलिङको प्रदर्शन उच्च रह्यो। जसमा ओपनर क्रिस गेलले ७ बलमा १३ रन बनाएका थिए।

त्यसपछि क्रिजमा आएका इंग्लिस कप्तान इयानमोर्गनले २ चौका र ५ छक्काको मद्यतमा ४६ रन बनाउँदै अविजित रहँदा किरन पोलार्डपनि ११ रनमा अविजित रहँदै टिमलाई जित दिलाउन सफल भए। त्यसअघि ओपनर पल स्ट्रलिङले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४० रन बनाउँदै टिमको जितको आधार तयार गरेका थिए। प्याकटोन्सका लागि सोहिल खान र लियम डसनले समान १ विकेट लिएपनि टिमको हार टार्न सकेनन्। यसअघि पहिलो ब्याटिङ गरेको पाटोन्सले निर्धारित १० ओभरमा ५ विके गुमाउँदै १ सय ५ रन बनाएको थियो। जसमा उसका लागि सर्वाधिक रनका रुपमा फ्लेचरको ३२ रन सर्वाधिक रह्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *