Sajhamanch Archive

बाटोमा दिसा गर्ने ६ जना पक्राउ, तिर्नुपर्ने भयाे जरिवाना

Published: in राष्ट्रिय समाचार by .

गौशाला । प्रहरीले आज बिहान बाटोमा दिसा गर्ने छ जनालाई पक्राउ गरेको छ ।

बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिसा गर्न बसेका छ पुरुषलाई पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

पक्राऊ परेका व्यक्तिबाट जनही रु ५०० का दरले जरिवाना लिएर छाडिने उक्त कार्यालययले जनाएको छ । प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *