Sajhamanch Archive

बिर्ताबजारका १० जना कराँते खेलाडीहरुलाई निशुल्क गी प्रदान

Published: in खेलकुद, समाज by .

बिर्तामोड । नेपाल करातेँ महासंघ, महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत अतिविपन्न परिवारका १० जना खेलाडीहरुलाई आज स्थानीय एक सामाजिक व्यक्तिले करातेँ ड्रेस (गी) प्रदान गरेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं. ३ निवासी समाजसेवी, व्यवसायी तथा खेलप्र्रेमी वीरबहादुर तामाङ (बीरु)ले कराँते खेलाडीहरुका लागि प्रोत्साहनस्वरुप १० थान गी प्रदान गरेको प्रशिक्षक दुर्गाराज निरैलाले जानकारी दिएका हुन् ।

महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत खेलाडीहरु प्रकृति राई, मनोज राजवंशी, एलिसा दास, सुमन राजवंशी, दिवस हास्दा, शितल शर्मा, सन्ध्या शर्मा, एन्जिला साहा, सुनिल साहा र पूजा मुर्मुलाई गी प्रदान गरिएको प्रशिक्षक निरौलाले बताए ।

महेन्द्र रत्न डोजो बिर्ताबजारमा ८० जनाभन्दा बढी खेलाडीहरु प्रशिक्षण लिइरहेको डोजोका व्यवास्थापक मिरा शिवाकोटी बताउँछिन् । गी हस्तान्तरण गर्न आयोजित संक्षिप्त कार्यक्रममा खेलाडीका अभिभावकसहित स्थानीय खेलप्रेमीहरुको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *