Sajhamanch Archive

भद्रपुरमा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु

Published: (Updated: ) in खेलकुद by .

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयको आयोजनामा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

भद्रपुर तथा मेचीनगरका संस्थागत आधारभूत विद्यालयले प्रतिष्पर्धा गर्नेगरी सुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ग्यालेक्सीलाई हराउँदै भद्रपुर ५ को गुरुकुल अंग्रेजी आधारभूत विद्यालयले ३-२ को अन्तरमा जीत हात पारेको छ ।

यसैगरी दोस्रो खेल हिमालय एकेडमी धुलाबारीलाई ४-१ गोल अन्तरमा पछि पार्दै इष्ट होराइजनले जित्न सफल भयो । त्यसैगरी डोल्मा मेमोरियल भद्रपुर ६ लाई हिमालयन भद्रपुर ७ ले ४-० अन्तरमा हराउन सफल भयो । लिटल एञ्जल मेचीनगरलाई सेन्ट कुजुर भद्रपुर १० ले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष गोपाल अग्रवालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष शनिलाल राजवंशी, नगर शिक्षा अधिकारी ज्ञानबहादुर पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रिन्सिपल वेदप्रकाश घिमिरेले खेलकुद स्वास्थ्य र अनुशासनका लागि अनिवार्य भएकोल अन्तर विद्यालय फुटबल प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा प्रभाव पार्ने धारणा राखेका थिए ।

२८ वटा विद्यालयले भाग लिएको प्रतियोगिता ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *