Sajhamanch Archive

हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्दछ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एककदम अघि बढ्नु पर्ने बताएका छन् । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवम् बजेटको कार्यान्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सबै क्षेत्रमा हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नु पर्ने पनि बताएका छन् । “हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ । त्यस्तो काम एककदम अगाडि बढ्ने हुनुपर्दछ” प्रधानमन्त्री ओलीले भनेका छन्, “सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।” मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले बैठक, छलफल, सुझावमा धेरै समय नबिताइ कामलाई प्राथमिकता दिन निर्देशन दिए ।

“आफैं गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनु होस्, त्यसपछि सुझाव लिनुहोस्” प्रधानमन्त्री ओलीले भने, “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन, आफू स्पष्ट हुनुहोस्, विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।” कार्यालय समयमा हुने बैठकको भत्ता नलिन प्रधानमन्त्रीले कर्मचारीलाई निर्देशन पनि दिएका छन् । “कार्यालय समयमा गरेको कामको तपाईंले तलब लिनु भएको छ । त्यसकारण भत्ता लिने सोचाई हटाउनु होस्, मितव्ययी भएर चल्न सिक्नुहोस्” प्रधानमन्त्री ओलीले सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *