Sajhamanch Archive

इलाममा जिप दुर्घटना दुईको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम । इलाम नगरपालिका–१ साखेजुङस्थित कच्ची सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–१ बस्ने ६५ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको इलाम बजारबाट शान्तिडाँडा बाफरुङतर्फ जाँदै गरेको मे १ ज ८१८ नम्बरको जिप अचानक बाटोबाट सय मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको हो।

दुर्घटनामा सवारी चालक देउमाई नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गुरुङ, सहचालक सुनिल गुरुङ र २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले जानकारी दिए।

घाइतेहरूको इलाम अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *