Sajhamanch Archive

धनकुटामा जीप दुर्घटना हुँदा एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

धनकुटा । धनकुटामा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।

धनकुटा नगरपालिका वडा २ मा पर्ने हिले भीरगाँउ ग्रामिण सडकमा को १ ज १६५४ नम्बरको तरकारी बोक्ने पिकअप सडकबाट खसेर दुर्घटना हुँदा पिकअप चालक धनकुटा नगरपालिका २ भीरगाँउका ४१ वर्षिय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार राति साढे सात बजेतिर धनकुटा नगरपालिका वडा नं. २ भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिकै उक्त दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले जानकारी दिए। दुर्घटनामा परेको पिकअप अनियन्त्रित भइ सडकबाट डेढ सय मिटर तल झरेको थियाे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *