Sajhamanch Archive

आजदेखि आकाशको ‘ड्रिम गर्ल’

Published: in टिप्स/जानकारी by .

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि चलचित्र ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाए पनि कुनै पनि मल्टिफ्लेक्स हलहरुमा चलचित्र नलागेको बताइएको छ ।

अन्य चलचित्रहरुबाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकले सुदर्शन थापा निर्देशित चलचित्र राम काहानीमा भने राम्रै रुचाए । चलचित्रले औषत व्यापार गरे पनि उनको अभिनयको भने खुलेर तारिफ भएको थियो । उनै आकाशले अभिनय गरेको चलचित्र हो ‘ड्रिम गर्ल’।

यस अघि चलचित्र असोज १९ गते रिलिज गर्ने पक्का भइसकेको थियो । तर चलचित्र रिलिजको अन्तिम समयमा आएर निर्माण टिमले चलचिको रिलिज डेट सारेको थियो ।

त्यसभन्दा अघि पनि चलचित्र युनिटले असार २६ गतेबाट सारेर असोज १९ गते ल्याएको थियो । चलचित्र ‘ड्रिम गर्ल’ मा आकाशको अपोजिटमा आश्मा गिरीको अभिनय रहेको छ । आकाश र आश्माको अलावा चलचित्रमा विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको मुख्य भूमिका देख्न सकिन्छ । राहुल राईले खिचेको चिलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । चलचित्रका सम्पादक नवीन निरौला हुन् ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्रको निर्माण , अर्जुन शर्मा, ऋषिराज आचार्य र  रामेश्वर धितालले संयुक्त रुपमा निर्माण गरेका हुन् । आरबी मुभीजको ब्यानरमा बनेको चलचित्र काठमाडौं, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *