Sajhamanch Archive

जाडो मौसममा किन बढ्छ दम : यस्ता छन् रोकथामका उपाय

Published: in स्वास्थ्य by .

नेपालमा मौसम परिवर्तन सँगसँगै दमका बिरामीको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

तुलनात्मक रूपमा पनि जाडो मौसममा पछिल्लो समय जाडो मौसममा दमका बिरामीहरू अत्यधिक मात्रामा बढिरहेका छन् । दम पनि धेरै प्रकारको हुन्छ ।

सामान्य भाषामा कुनै पनि मानिसलाई सास फेर्न गाह्रो हुनुलाई बुझिन्छ ।

दमलाई एउटा रोगको रूपमा नबुझी यसलाई एउटा रोगको सङ्क्रमणले गर्दा श्वास प्रश्वासमा कठिनाइ उत्पन्न भइरहेको हुन्छ दमको रोग कुनै पनि उमेरका मानिसलाई हुन सक्छ ।

यदि दम भएमा श्वास फेर्न गाह्रो हुन्छ । मानिसहरूमा क्रोनिक ब्रोन्काइटिस भन्ने रोग छ, यो रोग प्रायः चुरोट खाने, धुवाँमा बढी काम गर्ने र बाह्य प्रदूषित वातावरणमा काम गर्नेलाई लाग्दछ ।

जस्तै कुनै पनि मानिसलाई क्षयरोग छ भने पनि यो रोगले फोक्सोलाई धेरै मात्रामा कमजोर बनाएको हुन्छ । जुन बिरामीमा क्षयरोग छ, सोही बिरामीलाई निकट भविष्यमा सास फेर्न गाह्रो हुने र छाती दुख्ने आदि हुन्छ ।

९१० यस कारण देखापर्छ दम स् नेपालमा वातावरण प्रदूषणका कारण दमका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको छ । प्रायजसो नेपालमा क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । यस्तो दम प्रायः चुरोट तान्ने र चुलाको धुवाँमा बस्ने मानिसलाई बढी देखापर्ने गर्छ ।

यो कारण सँगसँगै क्षयरोग तथा बाल्य अवस्थामा छातीको सङ्क्रमण भएका व्यक्तिलाई भविष्यमा गएर दम हुने सम्भावना अत्यधिक बढी हुन्छ ।

मानिसको फोक्सोमा विभिन्न रोग लागेका हुन्छन्, त्यस्ता रोगका कारणले सुरुमा खोकी लाग्ने, खकार आउने र भविष्यमा गएर दम हुने गर्छ ।

यदि कुनै पनि मानिस धुवाँधुलो अत्यधिक हुने काम गर्छ भने उसलाई पनि दम हुने सम्भावना हुन्छ ।

मुुटुका बिरामीहरूलाई पनि श्वास फेर्न गाह्रो हुने गर्छ । चुरोटको सेवन गर्ने, अत्यधिक धुँवाधुलोमा काम गर्ने र यदि गर्भवती महिलाले चुरोट खाएको खण्डमा भविष्यमा जन्मने बच्चालाई पनि दम हुने सम्भावना अन्यको तुलनामा धेरै हुन्छ ।

यस्ता हुन्छन् दमका लक्षण दमको मुख्य लक्षणका रूपमा श्वास फेर्न गाह्रो महसुस हुनु खोक्दा खकार निस्कने, खोकी लाग्ने हुन्छ । बिरामीलाई तलमाथि, उकाली ओराली गर्दा श्वास बढेर आउँछ ।

दम भएका बिरामीलाई छातीमा दुख्ने र खोक्दाखेरी खकारमा रगत समेत देखापर्छ । यदि कुनै बिरामीमा क्रोनिक ब्रोन्काइटिस छ भने फोक्सोमा रगत देखापर्छ ।

मानिसमा क्षयरोग भएमा पनि फोक्सोमा सङ्क्रमण भई मुखबाट रगत आउने गर्छ । खकारमा रगत देखिएमा त्यसलाई तुरुन्त आफ्नो डाक्टर समक्ष परामर्श गर्नु आवश्यक छ ।

कुनै क्यान्सर तथा सानातिना ट्युमरको कारणले पनि खोक्दा रगत आउने हुन्छ । दमको कारणले कहिलेकाहीँ बिरामीलाई छाती कस्सिए जस्तो अथवा केही कुराले थिचे जस्तो महसुस हुने, लामो सास फाल्न र लिन खोज्दा गाह्रो महसुस हुने गर्छ ।

तर यो के–कति कारणले भइरहेको छ भन्ने वास्तविकता पत्ता लगाउन शरीरको जाँच गर्नु आवश्यक छ ।

दमको उपचार विधि स् दमको उपचार गर्नुभन्दा पहिले के–कति कारणले श्वासप्रश्वासमा अवरोध आएको हो, कुन रोगको कारणले हो भन्ने यकिन गर्नुपर्छ र सोहीअनुसार रोगको उपचार गर्नुपर्छ ।

दम रोग लागेका बिरामीहरूले औषधि खाएपछि बानी पर्छ भन्ने गलत धारणा रहेको छ । दमका औषधिहरू नियमित रूपमा सेवन गरेमा बिरामीलाई सजिलो हुने गर्छ ।

कुनै पनि बिरामीलाई दम भएको शङ्का लागेमा तुरुन्त डाक्टर समक्ष परामर्श लिनु आवश्यक छ जसले गर्दा दम हो या होइन भन्ने यकिन गर्न सजिलो हुन्छ । यदि कुनै पनि व्यक्तिलाई वंशाणुगत कारणले दम छ भने यो पूर्णरूपमा निको नहुन पनि सक्छ ।

यसरी रोकथाम गर्न सकिन्छ दम– चिसोबाट बच्नुपर्छ । जाडो समयमा दमले बढी सताउने भएकाले आपूm बस्ने घर र कोठालाई न्यानो बनाउने र आपूmले लगाउने लुगा पनि न्यानो हुनुपर्छ । दम छाती रोगका कारण नै हुने गर्छ ।

बाल्यकालमा छातीमा सङ्क्रमण देखियो भने त्यसलाई पूर्ण औषधि उपचार गराउनुपर्छ । दम हुने मानिसले दाउराको चुलो, धुवाँ र धुलोबाट टाढा नै रहनुपर्छ । बाहिरी वातावरणको धुलो नलागोस् भनेर माक्स लगाएर हिँडडुल गर्नुपर्छ ।

यदि चुरोट तान्ने बानी छ भने पनि त्यसले फोक्सोमा नराम्रो असर पार्छ । त्यसैले चुरोट खानु हुँदैन र खाने मानिसको वरिपरि बस्यो भने त्यसबाट आउने धुँवाले फोक्सोमा सङ्क्रमण गर्न सक्छ ।

त्यसैले हामीले फोक्सोलाई जहिले पनि स्वस्थ राख्न सकिएको खण्डमा दम रोगबाट बच्न सकिन्छ । यदि कुनै मानिसलाई छातीमा सङ्क्रमण भएमा डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ ।

डा सुरजकुमार गुप्ता वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ
नर्भिक अस्पताल, थापाथली

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *