Sajhamanch Archive

जब शसस्त्र प्रहरीले भन्सार नाकामा महिलालाई लछारपछार पारे

Published: in राष्ट्रिय समाचार by .

पर्सा  । पर्साको वीरगन्जमा शसस्त्र प्रहरीले एक महिलामाथि सार्वजनिकस्थलमा दुव्र्यवहार गरेका छन् । प्रहरीले नाकाबाट सामान ल्याई बेच्ने व्यापारी महिलालाई सार्वजनिस्थलमा लछारपछार पारेका हुन् ।

यहाँको वीरगन्ज भन्सार कार्यालयको सुरक्षामा खटिएका प्रहरीले एक महिलालाई कपाल तथा कठालोमा समातेर लछारपछार पारेका थिए । पछि यो घटना मिडियामा आएपछि शसस्त्र प्रहरीको चर्को आलोचना भएको छ ।

लगत्तै सशस्त्र प्रहरीले महिलामाथि दुव्र्यवहार स्वीकार गरेको छ । र, निकायले प्रहरी जवानमाथि विभागीय कारबाही हुने बताएको छ ।

प्रहरीले महिलामाथि सार्वजनिकस्थलमा दुव्यर्वहार गरेपछि प्रहरीको स्थानीयले चर्को विरोध गरेका छन् । महिलामाथि दुव्यवार गर्ने २ जना जवानमाथि कारबाही सुरु गरिएको प्रहरीले बताएको छ ।

प्रत्यक्षदर्शीका अनुसार नाकाबाट पोके तस्करी गर्ने महिला र प्रहरीबीच सामान चेकजाँचक्रममा विवाद हुँदा खोसाखोस भएको थियो । त्यसक्रममा प्रहरीले महिलामाथि दुव्र्यवहार गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *