Sajhamanch Archive

बस दुर्घटनाका घाइतेलाई लिन सेनाको हेलिकप्टर परिचालन

Published: in समाज by .

डोटी । डडेलधुरा–डोटी जोड्ने डाक्टर केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको स्कुल बस तथा दार्चुलाको मालिकार्जुन–३, तेर्थालेकमा आज शुक्रबार बिहान भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।

सुदूरपश्चिम पृतना मुख्यालय दिपायलले दिएको जानकारी अनुसार दार्चुलामा भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएका गोकुलेश्वर अस्पतालमा भर्ना भएका ७ जना तथा रडुवा खोलामा दुर्घटनामा परि कैलालीमा उपचार गराइरहेका ३ जना गरी १० जनालाई थप उपचारका लागि नेपालगन्ज तथा काठमाडौं लैजानका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर आइपुगेको हो ।

सेनाको हेलिकप्टर अहिले दिपायलको बाटो हुदै दार्चुलाको गोकुलेश्वरतर्फ गएको छ भने त्यहाँबाट घाइते बोकेर कैलाली जाने र त्यहाँ भर्ना भएका ३ जना गम्भीर घाइतेलाई लिएर काठमाडौं जाने योजना बनाइएको सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले बताउनुभयो । ‘रडुवा र दार्चुलामा नसोचेको ठूलो अकल्पनीय घटना भयो, हामी साह्रै दुःखी छौँ’, उहाँले भन्नुभयो, ‘गम्भीर घाइतेहरुले सुविधासम्पन्न अस्पतालमा राम्रो उपचार पाउन भनेर हेलिकप्टर पठाएका छौँ, सबैले उपचार पाएर सकुशल फर्किने छन भन्ने आशा गरेका छौँ ।’

त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बस दुर्घटनामा परि गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेकाहरुको उपचारमा कुनै कमी नहुन दिन प्रदेशका सामाजिक विकास मन्त्री तथा यातायात मन्त्रीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले प्रदेश सरकारका तर्फबाट घाइतेको उपचारमा पूर्ण सहयोग हुने बताउनुभएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *