Sajhamanch Archive

पेट्रोल र डिजलको भाउ फेरि बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । यस्तै डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ ।

निगमलाई एक सिलिन्डर ग्यासमा २ सय ८० रुपैयाँ घाटा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *