Sajhamanch Archive

अब क्यान्सर रोग लागेर निको भएकाहरुको सहभागितामूलक कार्यक्रम गरिने

Published: in स्वास्थ्य by .

काठमाडौं । नेपालमा रहेका क्यान्सर पिडित जतिपनि व्यक्तिहरुm छन उनलाई नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ ।

आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘सुदिप्त क्यान्सर सर्भाइभल र्‍याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइराखेका महिला र पुरुष गरी तीसभन्दा बढीले भाग लिने बताइएको छ ।’

‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र ‘नेपाल क्यान्सर सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले सुदिप्त क्यान्सर सभाईभल कार्यक्रममार्फत नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत बिरामी र क्यान्सर निको भइसकेका व्यक्तिसँग नियमित भेटघाट र छलफल गर्दै रोग लागेको बेलामा उनीहरुले भोग्नुपरेका शारीरिक, मानसिक, आर्थिक र सामाजिक तनाव न्यूनीकरणदेखि बिरामीलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *