Sajhamanch Archive

नेकपा प्रवक्ता प्रकाण्डको नेतृत्वमा विशाल र्याली जनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश, वैज्ञानिक समाजवादको गगनभेदी नारा

Published: in राजनीति by .

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले अहिले काठमाण्डौका बिभिन्न स्थानबाट र्यालीजनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश गरेको छ ।
जनसभा सुरु हुनु अघि अहिले गोंगबु, लैनचौर, कलङकी, बबरमहल , कालिमाटि कुपण्डोललगायत अन्य बिभिन्न स्थानबाट र्याली सुरु भएको हो । र्याली को नेतृत्व नेकपाका प्रवक्ता प्रकाण्डले गरेका छन् ।

राता टिसर्ट, रातै क्याप मा सजिएका नेकपाका स्वयमसेवकहरुले र्यालीको व्यावस्थापन गरिरहेको छन् । बबरमहलको र्यालीको नेकपा पोलिटब्युरो सदस्य पदम राई, , लैनचौरको नेतृ उमा भुजेल, कालिमाटिबाट पोलिटब्युरो सदस्य जीवन्तले गर्नुभएको थियो ।

सुन्धारामा तीनै ठाउँका जुलुुस मिसिएर भृकुटीमण्डपमा विभिन्न सांस्रकृतिक झाँकीसहितको प्रवेश भई जनसभामा परिण्त भएको हो ।

सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक होऔं वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ आज नेकपाले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा देशभरबाट जनमास केन्द्रीत गरि जनसभा गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *