Sajhamanch Archive

सन्तान नभएका विदेशी पुरुषका लागि भाडाकी आमा बन्दै नेपाली महिला

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा भाडाकी आमा (सेरोगेसी मदर) बढ्न थालेको अनुमान गरिएको छ । खासगरी सन्तान नभएका विदेशी पुरुषका लागि नेपाली युवती र महिलाले पैसा लिएर यसरी आमा बनिदिन थालेका छन् ।

यसरी आमा बन्दा आपसी सहमतिबाहेक अस्पतालहरूको समन्वयमा पाउने पारिश्रमिकका बारेमा पनि एउटा अध्ययनले खुलाएको छ ।

एउटा अध्ययनअनुसार पश्चिमा मुलुकमा भाडाकी आमा बनेवापत कम्तिमा एक लाख ५० हजार डलरसम्म तिर्नुपर्छ । नेपालमा भने ६ हजार डलरसम्म तिर्ने गरिएको छ ।

कतिपयले भारतीय, पाकिस्तानी र केही युरोपियन पुरुषका लागि नेपाली युवती गर्भवती बन्ने गरेको तथ्यांक बढ्न थालेको बताएका छन् ।

त्यसका लागि नेपाली युवतीले विदेशी नागरिकसँग मोटो रकम लिने, युरोप अमेरिकातिरको बसाईका लागि कानुनी प्रक्रिया पुरा गरिदिनुपर्ने सर्त राख्ने गरेको बताइन्छ ।

विदेशी उच्च घरानीया, व्यापारी घरानीयाका लागि भाडाकी आमा बन्न नेपालका कतिपय नाम चलेकै युवती पनि गुपचुप ति देशमा पुग्ने गरेको बताइन्छ ।

नेपालमा सेरोगेसी मदर बन्नका लागि कानुन नभएका बेला नै सुसुप्त हिसाबले चलिरहेको यो प्रक्रियामा मोडलहरूकै संलग्नता पनि बढ्न थालेको थियो । अहिले त नेपाल सरकारले यस प्रक्रियालाई केही सर्त राखेर खुकुलो बनाएको छ । अर्थात्, भाडाकी आमा बन्न पाउने कानुन विवादबीच पारित भइसकेको छ ।

‘संसारमा चलेको नियमअनुसार नेपालमा पनि यस्तो प्रक्रिया जारी थियो । तर सामाजिक बन्धन र कानुनको बर्जित रहेकाले मानिसलाई असजिलो थियो । अहिले खुल्नचाहीँ थोरै कठिन होला । तर, कानुनले रोकेको छैन’, सरकारी अधिकारी भन्छन् ।

भाडाका आमाबाट सन्तान जन्माउने पद्धति सरोगेट मदरलाई मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यवधि बनाएर व्यवस्थित गर्न भनेको थियो ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सरोगेट मदर) समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् ।

स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शैय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड पनि छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *