Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा फ्रान्समा प्रदर्शन चर्कियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिएका छन् ।

मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीहरुलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले पेट्रोलियम पदार्थमा थप कर वृद्धि आवश्यक रहेको जिकीरसमेत गरेका छन् ।

यसैबीच फ्रान्सको पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

प्रदर्शनमा दर्जनौं घाइते भएका छन् । राजधानी पेरिसको च्याम्प्स् एलिसमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामाको मागसहितका प्लेकार्ड बोकेर चर्को नारा लगाएका छन् ।

आन्तरिक मन्त्री क्रिस्टोफर कास्नटरले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका दक्षिणपन्थी राष्ट्रवादी पार्टीका कार्यकर्ताका कारण प्रदर्शन चर्केको आरोप लगाएका छन् ।

फ्रान्स सरकारले आगामी जनवरी १ देखि लागू हुने गरी डिजेलमा थप ६ दशमलव ५ सेन्ट र पेट्रोलमा २ दशमलव ९ सेन्ट कर वृद्धि गर्ने तयारी गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *