Sajhamanch Archive

शिवगञ्जमा जारी फुटबल प्रतियोगिताको आजको खेल आयोजक शिव स्पोटिङ क्लब र सनराइज क्लबबीच हुने

Published: (Updated: ) in खेलकुद by .

दूधे । झापाको शिबगञ्जमा शनिबारदेखि अन्डर नाईन्टिन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय शिव स्पोर्टिङ क्लबको आयोजनामा भएको फुटबल प्रतियोगितामा इलाम, मोरङ, सुनसरी र झापाका १५ टोलीको सहभागीता रहेको छ ।

शनिबार, शिबगञ्जस्थित जनआर्दश माध्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा ईलाम फुटबल क्लबले दधे फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक भएको खेलंमा पहिलो हाफसम्ममा कुनै गोल हुन सकेको थिएन । ७५ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको दुधे फुटबल क्लबले अन्तत आफ्नो लय गुमाउन पुगेको थियो । यसैको भरपुर फाइदा उठाउदै ईलाम फुटबल क्लबले ५६ औ मिनेटमा र ५८ औ मिनेटमा दर्शन गुरुङले गोल गरेर टिमलाई जिताएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलअघि शिबसताक्षी नगरपालिका र आयोजक शिव स्पोर्टिङ भेट्रान बिचको भएको खेलमा भेट्रानले ३–० गोल अन्तरले सहज जित हासिल गरेको थियो ।

आइतबार,९ गते आयोजक शिब स्पोटिङ क्लब र सनराइज क्लबबीच हुने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *