Sajhamanch Archive

एम्बुलेन्स दुर्घटना हुँदा बिरामीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नारायणपुर ।दाङमा बि रामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा विरामीकै मृत्यु भएको छ ।

दाङको लमही नगरपालिकास्थित अमिलियामा रा १ च ७८१ नं को एम्बुलेन्स दुर्घटना हुँदा ७३ वर्षीय भीमु जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी दमका रोगी भएकाले उनलाई शनिबार उपचारका लागि एम्बुलेन्समा रुकुमबाट कोहलपुर लगिँदै थियो ।

सो एम्बुलेन्स दुर्घटना हुँदा जैसी घाइते भएका थिए । राति भएको दुर्घटनाबाट घाइते बनेका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *