Sajhamanch Archive

विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गीयर भाचिएपछि……

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं ।  पेरुको एक विमान कम्पनीको बोइङ ७३७ विमान बोलिभियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गीयर भाँचिएको छ । त्यसले गर्दा लगभग १० घन्टा धावनमार्ग बन्द रह्यो ।

अधिकारीहरूका अनुसार, यस घटनामा विमानमा रहेका १२२ यात्री वा चालक दलका सदस्य कसैलाई पनि केही हानि भएन । अधिकारीहरूले विमानलाई अघि बढाउन नसकिएको जानकारी दिए । त्यसैले १० घन्टासम्म रनवे बन्द भयो ।  बन्दका कारण बोलिभियाको राजधानीनजिक रहेको अल अल्टो विमानस्थलमा कैयौं उडानमा ढिलाइ आयो ।

विमान पेरुबाट कुजको पुगेको थियो । एयरलाइन्सले एक बयान जारी गरेर घटनाका कारणहरूको अनुसन्धान गरिरहेको बताए । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *