Sajhamanch Archive

मेचीनगरका दुईवटा वडा एकै दिन खुला दिशामुक्त घोषणा

Published: (Updated: ) in स्थानीय तह by .

मेचीनगर । मेचीनगरका दुईवटा वडालाई खुला दिशामुक्त वडा घोषणा गरिएको छ । मेचीनगर नगरपालिकाको—९ नम्बर वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच वडा नं. ९ र १० लाई खुला दिशामुक्त वडा घोषणा गरिएको हो । मेची नगरपालिका प्रमुख विमल आचार्यले खुला दिशामुक्त वडा घोषणा गरेका थिए ।

घोषणासभामा बोल्दै नगरप्रमुख आचार्यले शौचालय नबनाउने नगरवासीलाई नगरपालिकाले दिने सवै प्रकारका सेवा सुविधाबाट बञ्चित गर्ने बताए ।

उनले झापा जिल्लालाई खुला दिसामुक्त भनेर घोषणा गर्ने मिति पटक पटक पर सारेकोले यसलाई पनि मद्दत पुग्ने तथा तथा आगामी केहिदिनमा नै मेचीनगर नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गर्ने अभियान सफल पार्न समेत यस्तो निर्णय गरेकोे जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख मिना पोखरेल उप्रेतीले शौचालय बनाए पनि अधिकांशले त्यसको प्रयोग नगरेको तथा घास पराल राख्ने ठाउँ बनाएको बताईन् । लाखौं रुपैयाँ खर्च गरेर सुविधा सम्पन्न घर बनाउने लाखौं रुपैयाँ खर्च गरेर सवारी साधन किन्ने अनि शौचालय चाँहि निर्माण नगरी सवारी साधन चढेर शौच गर्न खुला ठाउँमा जाने परिपाटीको अन्त्य गर्न जरुरी रहेको उनको भनाई थियो ।

वडानम्बर—९ का वडाध्यक्ष गोपाल खड्काको सभापतित्वमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका फोकल पर्सन रुद्र न्यौपाने, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, धुलावारी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाई नेकपाका नेता दलबहादुर कट्टेललगायतले बोलेका थिए ।

कार्यक्रममा ९ र १० वडाध्यक्ष क्रमशः गोपाल खड्का र सुदय पनेरु आ– आफ्नो वडाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार वडानम्बर ९ मा करिव १ हजार ६ सय तथा १० मा करिव ३ हजार ४ सय १५ घरधूरी रहेको जनाइएको छ । कार्यक्रममा वडालाई खुला दिशामुक्त बनाउन सक्रिय भूमिका निर्वाह गरेको भन्दैं वडानम्बर ९ बाट त्यस वडाका चारवटा सामुदायिक बन दिलमाया कोइराला, डिल्लरिाम न्यौपाने, इन्दिरा खत्री, इन्दिरा श्रेष्ठ मञ्जु दाहाल, शान्ति उपाध्याय मोहन लुईँटेल, रुद्र न्यौपाने र प्रमिला पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै वडा नम्बर १० बाट टेकनाथ नेपाल, कुञ्जु वस्नेत, चन्द्रकुमारी राई र दुर्शा शर्मालाई सम्मान तथा सैरुन खातुन र सम्झना दनुवारलाई जनही एक ÷एक हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरु सवैलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आचार्य उपप्रमुख उप्रेतीलगायतले सम्मान पत्र तथा नगद प्रदान गरेको संयोजक उप्रेतीले जानकारी दिए ।

वडानम्बर ९ लाई खुला दिशामुक्त वडा मुक्तका लागि अभियान संयोजकको जिम्मेवारी मिना गजमेर र १० को वडा सदस्य धिरावती लिम्बुलाई जिम्मेवारी दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *