Sajhamanch Archive

सन्दिप लामिछानेले राखे नयाँ रेकर्ड

Published: in खेलकुद by .

काठमाडाैं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि–१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा वर्षा भएपछि केरलाले राजपुतसँग अंक बाँडेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो । लौरिई इभान्सले राजपुत्सका लागि ३८ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई विकेट लिन सफल भए । उनले पहिलो ओभरमा नै मोहम्मद शाहजादलाई एक रनमा आउट गराएको थिए ।

त्यस्तै, आफ्नो दोस्रो तथा अन्तिम ओभरमा कार्लोस ब्राथवाइटलाई पनि एक रनमै आउट गराएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । पहिलो खेलमा नै म्यान अफ द म्याच घोषित भएका सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए । तर केरला यो खेलमा भने सिन्धिससँग ९ विकेटले पराजित भएको थियो ।

सन्दीपकाे नयाँ रेकर्ड

त्यस्तै लामिछाने सर्बाधिक विकेट लिने बलर बनेका छन् । ध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिदैँ सन्दीप सर्बाधिक विकेट लिने बलर बनेका हुन् । सन्दीपले जारी तेस्रो खेलमा दुर्इ विकेट लिदैँ ताम्बेसँग बराबरी गरेका हुन् । अौषतका आधारमा भने ताम्बे पहिलो स्थानमा छन् । यद्दपी ताम्बेले २ खेलमात्रै खेलेका छन् ।

केरालाको टोलीमा भने सन्दीप सर्बाधिक विकेट लिने बलर हुन् । सन्दीप ६ विकेटसहित टोलीको शीर्ष स्थानमा हुँदा दोस्रो स्थानमा रहेका उनका सहकर्मी फावियन अलिन(वेस्ट इण्डिज) ले २ विकेट मात्रै लिन सकेका छन् । केरालाले तीन खेलमा ९ विकेट लिदा सन्दीप एक्लैले ६ विकेट लिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *