Sajhamanch Archive

आज विदेशी मुद्राको भाउ बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । लगातार घटिरहेको विदेशी मुद्राको भाउ मंगलबार केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३१ रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० रुपैयाँ ९६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ र बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ८३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०४ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *