Sajhamanch Archive

आठौँ राष्ट्रिय खेलकुदका लागि डेढ सय खेलाडी छनोट हुँदै

Published: in खेलकुद by .

तेह्रथुम । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि तेह्रथुमबाट झण्डै एक सय ५० जना खेलाडी छनोट हुने भएका छन् ।

प्रतियोगितामा जिल्लाबाट विभिन्न १५ वटा खेलका लागि डेढ सय बढी खेलाडीहरु छनोटको तयारी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताउनुभयो । जिल्लाबाट क्षेत्रीय तथा प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी गराउन मंसिर १४ गतेबाट २० गतेसम्म छनोट प्रतियोगिता हुन थालेको हो । यसपटक तेह्रथुमले पनि फुटबल, भलिबलसहितका १५ वटा खेलमा सहभागिता जनाउने भएको छ ।

फुटबल र एथ्लेटिक्सको खेलाडी छनोट प्रतियोगिता जिरिखिम्तीमा, तेक्वान्दोको छातेढंगामा र बाँकी सबै खेलको म्याङलुङबजारमा खेलाडी छनोट प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । तेह्रथुमले यसपटक फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, टेबलटेनिस, तेक्वान्दो, कराँते, कबड्डी, उस्सु, बुद्धिचाललगायतका खेलहरुमा सहभागिता जनाउने छ । प्रदेशको छनोट प्रतियोगितामा सहभागिताका लागि झण्डै २ सय जनाको टोली जाने समितिले जनाएको छ ।

छनोट प्रतियोगिताका लागि तेह्रथुमबाट एथ्लेटिक्समा महिला ९ जना, पुरुष १७ जना, कबड्डीमा महिला ११ जना, पुरुष १६ जना, भलिबलमा पुरुष १८ जना, महिला ९ जना, तेक्वान्दोमा पुरुष १० जना, महिला ५ जना, व्याडमिन्टनमा महिला ३ जना, पुरुष ६ जना, फुटबलतर्फ पुरुष ६६ जना र महिला ११ जनाले आवेदन गरेका छन् ।

यस्तै कराँते महिला २० जना, पुरुष २१ जना, बक्सिङतर्फ महिला÷पुरुष २–२ जना, बुद्धिचाल र उसुतर्फ महिलारपुरुष २–२ जनाले आवेदन गरेका जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका अध्यक्ष भट्टराईले छनोट प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्रह समेत गर्नुभएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *