Sajhamanch Archive

जिल्ला खेलुकद विकास समितिले खेलाडी छनौटका लागि तोकियो खेल संयोजक

Published: (Updated: ) in खेलकुद by .

झापा । जिल्ला खेलकुद विकास समितिको बैठक आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र स्वयंसेवक प्रशिक्षकहरुका सम्बन्धमा विभिन्न निर्णयहरु गर्दै मंगलबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा समितिको सभा कक्षमा आयोजित बैठकले सो प्रतियोगितामा झापाबाट सहभागी विभिन्न खेलका खेलाडी छनौटका लागि संयोजक तोक्ने र जिल्लामा कार्यरत् स्वयंसेवक प्रशिक्षकलाई मासिक प्रोत्साहन स्वरुप भत्ता प्रदान गरी नियुक्ति गर्ने निर्णय गरेको हो ।

यहि मंसिर १४ देखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने खेलाडी छनौटका लागि तोकिएका खेल संयोजकहरुमा फुटबलतर्फ भगिरथ आले मामा, एथ्लेटिक्सतर्फ मेनुका राउत, टेबल टेनिसतर्फ अभिषेक ढुङ्गाना, जुडोतर्फ गंगा खड्का, भलिबलतर्फ गजेन्द्र लिम्बू र काजी गुरुङ्ग, कबड्डीतर्फ किरण शर्मा र रतिया राजवंशी, खो खोतर्फ जय राजवंशी, उसु तर्फ रविन श्रेष्ठ, ब्याडमिन्टनतर्फ हरि तिम्सीना, कराँतेतर्फ मदन उप्रेती र कालु मेचे छन् ।

त्यस्तै जिल्लामा विभिन्न खेलको विकासका लागि लामो समयदेखि कार्यरत् स्वयंसेवक प्रशिक्षकहरुलाई मासिक प्रोत्साहन भत्ता प्रदान गर्ने गरी नियुक्ति गर्ने निर्णय गरिएको समितिका कार्यालय प्रमुख टहलदास मैनालीले जानकारी दिए ।

स्वंयसेवक प्रशिक्षकलाई हौसल्ला बढाउने उद्देश्यले प्रोत्साहन भत्तासहित नियुक्ति हुनेहरुमा फुटबलका युगल किशोर राई, जुडोका गंगा खड्का, कराँते÷टि.टि. का जमुना राई , ब्याडमिन्टनका दिनेश राई, कबड्डीका मेनुका राजवंशी, खो खोका जय राजवंशी र क्रिकेटका वीरु श्रेष्ठ छन् ।

समितिका उपाध्यक्ष भेषराज भण्डारी (प्रशान्त) , कोषाध्यक्ष धर्मराज शिवाकोटी, सदस्य ज्ञानेन्द्र राई , प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा , विजय न्यौपानेलगायत विभिन्न खेलका प्रशिक्षकहरु उपस्थित बैठकले यहि मंसिर १४ गतेसम्म फर्म भर्नका लागि सम्बन्धित खेलका संयोजकहरुसगं सम्पर्क गर्न खेलाडीहरुलाई आह्वान पनि गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नं. ५ का विभिन्न स्थानमा सो प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *