Sajhamanch Archive

आज बुधबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं। बुधबार युएई दिर्हाम, रियाल, मलेसियन रिंगिट लगायतका विदेशी मुद्राको भाउ घटबढ भएको छैन ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३१ रुपैयाँ १८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रिदर २७ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ र बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ १४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ०१ रुपैयाँ १८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *