Sajhamanch Archive

नेपाली चिया रोक्न भारतमा दबाब : सरकारी निकायद्वारा निगरानी गर्न भन्सारलाई निर्देशन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण एफएसएसएआई ले नेपालबाट आउने चियाको गुणस्तरका बारेमा निगरानी राख्न निर्देशन दिएको छ ।

बुधबारको भारतीय पत्रिका द इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार घरेलु प्रयोगका लागि नेपालबाट अत्यधिक चिया भित्र्याइएको भन्दै दार्जीलिङ चिया उद्योगका तर्फबाट उजुरी परेपछि प्राधिकरणले सो निर्देशन दिएको हो ।

दार्जीलिङमा चिया उत्पादन गर्दै आएका अम्बुसिया समूहका अध्यक्ष सञ्जय बंशलको टोलीले नेपालबाट आयात गरिएको चिया गुणस्तरयुक्त नभएको भन्दै सरकारी निकायमा उजुरी हालेपछि सरकारी निकायले कडाइ गर्न भन्सारलाई निर्देशन दिएको समाचारमा बताइएको छ ।

नेपाली चिया सस्तो भएपनि गुणस्तरीय नभएको भन्ने भारतीय उत्पादकहरुको आरोप रहेको छ ।

गतवर्षको जुनदेखि सेप्टेम्बर महिनासम्म गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन गरेको समयमा नेपाली चियाले भारतमा बजार लिएको भारतीयहरुको तर्क पाइएको छ ।

दार्जीलिङका उद्योगहरुले अहिले नेपालबाट २० देखि २५ लाख केजी चिया भारत गइरहेको तथ्यांक सरकारी निकाय समक्ष प्रस्तुत गरेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *