Sajhamanch Archive

सामाजिक सुरक्षा योजनामा कसरी सहभागी हुने ?

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ ।

आफ्नो आयबाट कोषमा योगदान दिने सम्पूर्ण नीजि तथा सरकारी कर्मचारीले यो योजनामा सहभागी हुन पाउने भएका छन् । मंगलबार उद्घाटन गरिएको योजनामा श्रमिकले कोषमा सूचीकरण भई आफूले गरेको योगदानका आधारमा विभिन्न चार सुविधा उपभोग गर्न पाउनेछन् ।

कर्मचारीले कुनकुन योजनामा सहभागी हुन पाउँछन्

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्रभोग गर्न पाउनेछन् । उनीहरूले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा शीर्षकमा सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

पारित कार्यविधिका अनुसार रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।
त्यसमध्येबाट निम्न सुविधा उपभोग गर्न पाउनेछन्ः

–औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागी १ प्रतिशत

–दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको लागि १।४० प्रतिशत

–आश्रित परिवार सुरक्षा योजनाको लागि ०।२७ प्रतिशत

–वृद्ध अवस्था सुरक्षा योजनाको लागि २८।३३ प्रतिशत

१० औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

यस अन्तर्गत निम्न बमोजिमका योजना सञ्चालन हुनेछः

९क० औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना– सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्ने योगदानकर्ताले यस योजना बमोजिमको औषधी उपचार तथा स्वास्थ्य सुविधा पाउने छन् ।

९ख० योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना – कोषमा १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको अवस्थामा मात्र यो सुविधा प्राप्त हुनेछ ।
प्राप्त हुने सुविधाः

– चिकित्सकको परामर्श सेवा,

– अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क,

– रोगको परीक्षण तथा उपचार वापतको खर्च

– औषधिको बिल वमोजिमको खर्च,

– योगदानकर्ता वा योगदानकर्ताको पत्नीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार वापतको खर्च,

– अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवतजावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले विरामीको घरमै गई प्रदान गरेको परामर्श सेवा बापतको शुल्क ।

सुविधाको सीमा स्
अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा वार्षिक रुपमा १ लाख रुपैयाँ, सुविधाको रकम निज भर्ना भएको अस्पतालमा सीधै भुक्तानी गरिने ।
सुविधा प्राप्त हुन नसक्ने अवस्था स्

– दुर्घटना भई उपचारको लागि आवश्यक पर्ने अवस्थामा बाहेक प्लाष्टिक सर्जरी तथा दाँतको उपचार वापतको खर्च ।

– बारियट्रिक सर्जरी ९बोसो निकाल्ने० वापतको खर्च ।

– देशव्यापी रुपमा महामारी फैलिई कोषले खर्च धान्न नसक्ने भइ योजना निलम्वन गरेको अवस्थामा ।

– दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्र्तगत यस परिच्छेदमा उल्लेख भएको समान सुविधा प्राप्त गरेको अवस्थामा ।

२० दुर्घटना तथा अशक्तता सुरक्षा योजना
यस योजना अन्र्तगत निम्न सुविधा प्राप्त हुनेछः

९क० दुर्घटना वापतको सुविधाः

९ख० अशक्तता वापतको सुविधा

प्राप्त हुने सुविधा

– योगदानकर्ता श्रमिक रोजगारीजन्य दुर्घटनामा परी उपचार गर्नुपर्ने भएमा

– व्यवसायजन्य रोगको उपचार तथा सोसँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाउने

योजना सुविधाको सीमा

योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च, रोजगारीजन्य वाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाख सम्मको मात्र उपचार खर्च दिने

तर, प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य वीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च व्यहोर्ने छैन ।

निवृत्तभरण सुविधाको सीमा
कोषले उपलब्ध गराउने शतप्रतिशत असक्षमता वापतको मासिक निवृत्तभरण रकम नेपाल सरकारले सम्बन्धित क्षेत्रका लागि तोकेको न्यूनतम पारिश्रमिक अंकको ६० प्रतिशत भन्दा घटी र न्यूनतम आधारभूत पारिश्रमिक अंकको ३ गुणा भन्दा बढी हुने छैन ।

३० आश्रित परिवार सुरक्षा योजना ९योगदानकर्ताको मृत्यु भएमा०

योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई ४ किसिमका सुविधा प्राप्त हुनेछ

९क० पति वा पत्नीले पाउने निवृत्तभरण – योगदानकर्ताको पति वा पत्नीले अन्तिम तलबको साठी प्रतिशतको दरले नमरेसम्म निवृत्तभरण पाउने

९ख० सन्ततिले पाउने शैक्षिक वृत्ति – अठार वर्ष उमेर पुरा नभएको सन्तति रहेको अवस्थामा सो उमेर पुरा नभएसम्म त्यस्तो सन्ततिले शैक्षिक वृत्ति वापत योगदानकर्ताको अन्तिम तलबको ४० प्रतिशत रकम मासिक रुपमा पाउने

९ग० आश्रित वावु आमाले पाउने सुविधा – आमाबाबुलाई योगदानकर्ताको तलबको ६० प्रतिशत रकम उनीहरु नमरेसम्म निवृत्तिभरण पाउने

९घ० अन्तिम संस्कार खर्च – योगदानकर्ताको मृत्यु भएमा अन्तिम संस्कार खर्चको रुपमा २५ हजार रुपैयाँ पाउने

४० वृद्ध अवस्था सुरक्षा योजना
कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोष वापत र ८।३३ प्रतिशत उपदान वापत समेत गरी जम्मा १८।३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्ने १० प्रतिशत योगदानको रकम गरी जम्मा २८।३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ ।

यस योजना अन्तर्गत निम्न सुविधा प्राप्त हुनेछ

९क० निवृत्तभरण योजना,

९ख० अवकाश सुविद्या योजना

नोटः योगदानकर्ताले २०७४ साल भाद्र १९ गते भन्दा अगाडिको उपदान वापत श्रम नियमावली, २०७५ बमोजिम प्राप्त गर्ने रकम रोजगारदाताबाट भुक्तानी लिई सो भन्दा पछाडिको उपदान रकम मात्र यस योजनाका लागि पठाउनुपर्नेछ ।

यस सुरक्षा योजनामा २०७६ साल साउन १ गते पश्चात कुनै पनि रोजगारदातासँग रोजगार सम्वन्ध कायम भएका श्रमिकले सहभागी हुन पाउनेछन् । सञ्चय कोष र उपदान प्राप्त गरिरहेका श्रमिकको हकमा निजहरुले चाहेमा वा निजहरु कार्यरत प्रतिष्ठानमा यस योजनामा सहभागी हुने भनी सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन सक्नेछन् ।

निवृत्तभरण पाउन योग्य हुने अवस्था – निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० बर्ष पूरा भएको र कम्तिमा १८० महिना वा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ ।

पाउने सुविधा
– योगदानकर्ताको अवकाश उमेर पुरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम ९रोजगारदाताको तर्फवाट भएको योगदान समेत० र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १ सय ८० महिना ९१५ वर्ष० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने

९उदाहरणको लागिः कुनै श्रमिकको कोषमा जम्मा गरेको योगदान रकम ९रोजगारदाताको तर्फबाट भएको योगदान समेत० र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोड्दा २७ लाख जम्मा भएको छ भने त्यसलाई १ सय ८० ले भाग गर्दा मासिक १५ हजार रुपैयाँ हुन्छ ।

– कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कूल योगदान रकम नियमानुसार एकमुष्ठ रुपमा प्रदान गरिने
अन्यः
निवृत्तभरणको लागि दर किटान गरी बाँकी रकम भुक्तानी गर्न वा अन्य योजना संचालन गर्न सकिने,

कोषले श्रमिक र रोजगारदाताको तर्फवाट गरिने कुल योगदान २८।३३ प्रतिशत पुरै निवृत्तभरण योजनामा प्रयोग नगरी सो भन्दा कम दरमा निवृत्तभरण योजना सञ्चालन गर्ने निर्णय गर्न सक्ने,

कम दर किटान भएको अवस्थामा कोषले बाँकी रकम अवकाश सुविधा वापत सम्बन्धित श्रमिकलाई अवकाश उमेर पुरा भएपछि फिर्ता गर्न वा अन्य योजनामा प्रयोग गर्न सक्ने ।

कसरी सहभागी हुने रु
सामाजिक सुरक्षा योजनामा योगदान नगर्ने कुनै पनि व्यक्तिले यस ऐन बमोजिमको सामाजिक सुरक्षा प्राप्त गर्ने छैन । कार्यविधि अनुसार रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । योजना अनुसार हरेक श्रमिकको छुट्टै सामाजिक सुरक्षा नम्बर हुनेछ ।

कोषमा सोही नम्बरका आधारमा तथ्यांक रेकर्ड हुनेछ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *