Sajhamanch Archive

मोरङमा कुपी बत्तीमा डढेर ३ वर्षीया बालिकाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । मोरङको बेलवारी नगरपालिकामा ३ वर्षीया बालिकाको कुपी बत्तीमा डढेर ज्यान गएको छ । बेलबारी नगरपालिका–७ बाहुनीमा घरमा बालेको कुपी बत्तिमा डढेर नवल किशोर चौधरीकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

बुधवार साँझ ६ बजेको समयमा खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीले पोल्दा गम्भीर घाईते भएकी ति बालिकालाई उपचारको लागि तत्काल बी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

उपचारको क्रममा उनको राति १ः३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *