Sajhamanch Archive

वडा कार्यालय अधिकांश समय बन्द, झोलाबाट यसरी दिइन्छ सेवा

Published: in राष्ट्रिय समाचार by .

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–३ को कार्यालय अधिकाशं समय बन्द हुन्छ। वडाको आफ्नै भवन भए पनि कार्यालय अधिकांश समय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो छ।

वडा बन्द हुने गरेकाले सेवाग्राही समेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्माले बताए। उनले भने, ‘कार्यालयमा कर्मचारी र जनप्रनिधिनै आउँदैनन् अनि किन त्यहाँ जानु?’ कार्यालय बन्द हुने भएकाले सेवाग्राहीले वडाध्यक्षलाई फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा लिंदै आएको स्थानीय रामबहादुर कुलुङले बताए। उनले भने, ‘अधिकांश वडाले कर्मचारी व्यवस्था गरेर कार्यालयबाट सेवा प्रदान गर्दै आएको भए पनि महाकुलुङमा कुनै व्यवस्था छैन।’

वडाको आफ्नै भवनमा कार्यालय रहे पनि कार्यालयको सेवा झोलामार्फत प्रदान गरिनु लज्जास्पद भएको स्थानीयको टिप्पणी छ। यता वडाध्यक्ष दिकबहादुर कुलुङले भने नागरिकको सेवाका लागि कार्यालय समय नभनिकन सेवा प्रदान गरिरहेको बताउँछन्। वडा सचिव समेत स्वास्थ्यका कर्मचारी भएकाले आफुले कार्यालयबाहिरबाटै भए पनि सेवा प्रदान गर्दै आएको उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *