Sajhamanch Archive

सुरक्षा परिसरभित्रै आक्रमणः दशको मृत्यु, १९ घाइते

Published: in राष्ट्रिय समाचार by .

काबुल। अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनको साथै अन्य १९ जना घाइते भएका छन् ।

अल जजिरा टेलिभिजन च्यानलले बिहीबार जानकारी दिएअनुसार बेलयातकोे एक सुरक्षा समूह (बृटिश सेक्युरिटी कन्ट्याक्टर) मा सो आक्रमण भएको गृह मन्त्रालयका प्रवक्ता नजिब दनिसले बताएका छन् ।

सरकारी अधिकारीहरुकाअनुसार यस आक्रमणमा आत्मघाती बम आक्रमणलगायत सुरक्षाबल र आतङ्ककारीबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । एएनआइ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *