Sajhamanch Archive

क्रिकेटको विवाद समाधानमा : आर्इसीसी प्रतिनिधि आउने

Published: in खेलकुद by .

काठमाडौं ( नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको मंसीरको अन्तिम साता बस्ने बैठकमा आर्इसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्।

स्वतन्त्र समितिको बैठक आउँदो मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको छ। स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी र मोहमद अली छन् भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्।

यसअघि पनि बारम्बार आइसीसीका प्रतिनिधी नेपाल आएर छलफल गरे पनि विवादको निकास निस्कन सकेको छैन । अब स्वतन्त्र समितिको बैठकपछि भने यसको निकास निस्किनेमा आशा गरिएको छ ।

केही दिन अघिमात्र निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल एसीसीको बैठकमा पुगेर नेपालको निलम्बनका बारेमा छलफल गरेका थिए ।

बैठकमा मुख्य गरी २ विषयमा छलफल हुनेछ । निलम्बित क्यानले मुद्दा फिर्ताका लागि गरेको पहल र जिल्लाको हकमा आर्इसीसीलाइ पठाइएको प्रतिवेदन मुख्य एजेन्डा हुनेछन् ।
उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *