Sajhamanch Archive

पल र नाजिरसँग वर्षाको रोमान्स

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । फिल्म ‘वीर विक्रम २’ को छायांकन धमाधम हुँदैछ। मनाङ र मुस्ताङबाट फिल्मको छायांकन सुरु गरिएको यस फिल्मको हाल गीतको छायांकन भइरहेको छ।

निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको उक्त फिल्ममा गीत मात्रै छायांकन गर्न करिब २३ लाख खर्च हुने निर्देशक चाम्सले बताएका छन्। हाल छायांकन भइरहेको गीतमा रञ्जित गजमेरको संगीत, कुसुम गजमेरको शब्द छ। यसमा तारा प्रकाश लिम्बू र मेलिना राईको स्वर छ।

फिल्ममा नायिका वर्षा शिवाकोटी छिन् भने नायकहरूमा पल शाह र नाजिर हुसेन छन्। अर्पण सापकोटा सहनिर्माताको रहेको फिल्ममा नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण पक्षको भनाइ छ।

फिल्ममा विनिशा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनीष लिम्बू, देशभक्त खनाललगायतको पनि अभिनय छ। फिल्ममा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *