Sajhamanch Archive

नेपाली कांग्रेस जिल्ला सभापतिहरूको पार्टीमा वरिष्ठ नेता नराख्न आग्रह

Published: in राजनीति by .

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीमा वरिष्ठ नेता नराख्‍न आग्रह गरेका छन्।

यसअघि पार्टीको सभापतिमा पराजय भएका व्यक्तिलाई वरिष्‍ठ नेतामा राख्ने कांग्रेसको विधानमा छ।

अब बन्ने र छलफलमा रहेको विधान मस्यौदामा वरिष्ठ नेता नराख्न ललितपुर जिल्ला सभापति मदनकुमार अमात्यले आग्रह गरे।

उनले भने, ुपार्टीको वरिष्ठ नेतामा हारेको व्यक्तिलाई राख्न हुँदैन।

वरिष्ठ नेता योगदान र अनुभवका आधारमा राखिनुपर्ने हो मतका आधारमा होइनु उनले भने।

जिल्लामा सभापतिमा हारेका व्यक्तिहरू जिल्ला सदस्य हुने भएकाले केन्द्रमा पनि सभापतिमा हारेकाहरूलाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्य मात्र बनाउनुपर्ने उनको धारणा छ।

ुजिल्लामा सभापतिमा हारेका जिल्ला सदस्‍य हुन्छन् भने केन्द्रमा पनि सभापतिमा पराजय हुनेहरूलाई केन्द्रीय सदस्‍य मात्र बनाउनुपर्छु अमात्यले भने।

नुवाकोटमा जारी जिल्ला सभापतिहरूको भेलाले हेटौँडामा आफूहरूले दिएको सुझाव विधान मस्यौदामा समावेश नभएको भन्दै पार्टीप्रति असन्तुष्‍टि जनाएका छन्।

विधानमा हामीले कतिपय कुरा सहमति गर्नुपरेकाले समावेश गर्न सकेनौँु विधान मस्यौदा समितिका सदस्य अमात्‍य भन्छन्, ुयो विषयमा साथीहरूले असन्तुष्‍टि जनाउनुभयो यसलाई पार्टी केन्द्रीय समितिमा छलफलमा रहेको विधान मस्‍यौदामा समावेश गर्न पार्टीलाई आग्रह गर्छौं।

जिल्ला सभापतिहरूले नुवाकोटको भेला सकिएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूलाई भेट्नेछन्। सभापतिहरूको भेला ककनी घोषणापत्र जारी गर्दै केहीबेरमा सकिँदै छ।

उनीहरूले पार्टीलाई विधान मस्यौदामा सुझाव दिनका लागि प्रतिवेदन तयार पार्दै छन् भने निर्मला हत्याकाण्ड महँगी तथा सरकारका गतिविधिबारे जिल्ला सभापितिहरूको धारणा राखेर राजनीतिक प्रतिवेदन तयार पारिरहेका छन्।

जिल्ला सभापतिहरूले केन्द्रीय समितिमा निर्वाचित गर्नुपर्दा जुन प्रदेशका सभापति निर्वाचित गर्नुपर्छ ती केन्द्रीय सदस्यहरूलाई सम्बन्धित प्रदेशका प्रतिनिधिहरूले मात्र भोट हाल्न पाउने व्यवस्था ल्याउन माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *