Sajhamanch Archive

श्रीमतीको हत्यापछि मलाई समात्ने प्रयास नगर्नुहोस् भन्दै यी युवकले गरे प्रहरीलाई फोन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । आफ्नै श्रीमतीलाई सामान्य विवादकाक्रममा चिर्पट प्रहार गरी हत्या गरेर फरार भएका एक अभियुक्तले मलाई समात्ने प्रयास नगर्नुस् भन्दै प्रहरीलाई नै फोन गरेका छन् ।

‘ससुरालीमा श्रीमती मारेर हि“ड्ने मै हु“, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस्न्यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बासु पाठकलाई मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट फोन आयो । अघिल्लो दिनदेखि प्रहरीले जसलाई खोजिरहेको थियो  तीनैले फोन गरेर पाठकलाई  धम्कीको शैलीमा भने, ‘मलाई खोज्ने प्रयास गर्नुभो भने, मेरो लाश पाउनुहुन्छ नत्र बाँच्न दिनुन् ।’

श्रीमतीको हत्या गरेर डीएसपीलाई नखोज्न र भारतसम्म पुग्ने समय दिन आग्रह गर्ने व्यक्ति थिए, जिरी नपा–९ ठूलो पातलका  ३५ बर्षिय तस्बिर तामाङ ।

मंसिर १० गते राती जिरी नगरपालिका–९  स्थित ससुरालीमा सालोको बिहे भोज खान गएको बेला सामान्य भनाभन हुँदा श्रीमतीलाई चिर्पट प्रहार गरर फरार थिए तस्बिर  ।

श्रीमतीको हत्यापछि जेठानलाई फोन गरेर ‘मैले राममायालाई मारेको छु, मलाई खोज्नुपर्दैन भारत जान्छु’ भनेर हिँडेका तस्बिरले दुई दिन, दुई रात दोलखा र रामेछापका प्रहरीलाई ठुलो हैरानी दिए ।

बुधबार बिहान तस्बिर तामाङलाई रामेछापको मन्थलीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
ससुरालीमा नाता–गोता र आफन्तहरु भोज खाइरहेको बेला बिहे घरभन्दा तल्लो घरमा श्रीमतीलाई बोलाएका तस्बिर र उनको श्रीमतीको बीचमा घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दोलखा सदरमुकाम चरिकोटमा भरियाको काम गर्ने तस्बिरले श्रीमतीले आफूले भनेको कुरा अटेर गर्ने र छोरीहरुको ख्याल नगर्ने गरेको भन्दै हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

चक्रपथबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *