Sajhamanch Archive

कसले जित्लान् ‘नेपाल आइडल-२’को उपाधी ? कसको सम्भावना कति ।

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ को यात्रा रोचक बन्दै गएको छ । आइडल चुन्ने दिने अब धेरै नरहेकाले यात्रा रोचक बन्दै गएको हो ।

आइडलमा अब ६ जना प्रतिस्पर्धी मात्रै बाँकी छन् । ‘नेपाल आइडल २’ को उपाधि कसले बाजी मार्ला त ? यो प्रश्नको धेरैले गर्दछन् । अहिले नै यो प्रश्नको सही जवाफ दिन गाह्रो छ ।

आइडलमा बाँकी रहेका प्रतिस्पर्धी कोही भन्दा कोही कम छैनन् । सबै उत्कृष्ट छन् । उनीहरुले लाखौं स्रोता-दर्शकको मन जितिसकेका छन् । सबै उत्कृष्ट भए पनि आइडलको उपाधि जित्ने भनेको एकजनाले मात्रै हो ।

सर्वाधिक भोटका आधारमा आइडल बन्ने नियमका कारण प्रतिस्पर्धी निकै मिहिनेतका साथ मञ्चमा प्रस्तुत भइरहेका छन् । बाँकी रहेका प्रतिस्पर्धीका समर्थक नि आफूलाई मन परेको व्यक्तिलाई जिताउन रातदिन नभनि लागीरहेका छन् ।

फेसबुक पेज, ग्रुप बनाएर हुन्छ या अन्य कुनै माध्यमबाट नै आफ्नो मन पर्ने प्रतिस्पर्धीलाई आइडल बनाउन समर्थक प्रचारमा व्यस्त छन् । आइडलमा अब रवि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, पवन गीरि र अमित बराल बाँकी छन् ।

यी मध्ये बिक्रम र सुमित ‘गोल्डेन माइक’ विजेता हुन् । यी ६ जना मध्ये एकजना ‘दोस्रो नेपाल आइडल’ घोषणा हुने छ । यी मध्ये कसको सम्भवना कति ? जजको आँखामा सबैभन्दा बढी बिक्रम र सुमित पर्ने गरेका छन् । विगतका अंकहरु हेर्ने हो भने निर्णाकयहरुकाे बिक्रम र सुमितप्रति विषेश नजर छ । हुनत उनीहरु ‘गोल्डेन माइक’ विजेता भएकाले जजहरुको नजर हुनु स्वभाविक हो ।

सुमित र बिक्रम ‘गोल्डेन माइक’ विजेताकै भरमा मात्र नभएर उनीहरुमा जस्तोसुकै गीत पनि गाउन सक्ने क्षमता देखेर पनि जजहरुको बढी नजर परेको हुन सक्छ । तर, अब आइडल चुन्ने स्रोता-दर्शकको हातमा रहेकाले निर्णायकले जति बयान गरे पनि त्यति अर्थ राख्दैन ।

बाँकी चार प्रतिस्पर्धी

रवि ओडः रविको कुरा गरौं उनी सुदूरपश्चिमको ‘धनगढी अडिसन’ बाट नेपाल आइडलमा प्रवेश गरेका हुन् । उनले अहिलेसम्म शानदार प्रस्तुती दिएका छन्। र, त्यहीँ अनुसार स्रोता-दर्शकको माया र साथ पनि पाइरहेका छन् । अहिलेसम्म उनी ‘डेन्जर जोन’ मा परेका छैनन् ।

एकपटक त उनले सर्वाधिक भोट समेत ल्याएका थिए । रविले गाएका गीतले स्रोता-दर्शकको मन सजिलै जितेको छ । उनले गाउने गीत सदाबहार भएकाले पनि स्रोता-दर्शकले रविलाई अत्यधिक रुचाएका छन् । उनले अरुभन्दा लोक शैलीका गीत अझैं उत्कृष्ट तरिकाले गाउने गरेका छन् । यसको पुष्टि यसअघिका अंकले पनि गर्छ ।

रविलाई ‘नेपाल आइडल’ बनाउन उनका समर्थकले विषेश साथ दिइरहेका छन् । हजारौंले उनलाई देश-विदेशबाट भोट गरिरहेका छन् । अब हेरौं उनको यात्र कहाँसम्म पुग्छ ।

अस्मिता अधिकारी, अमित बराल र पवन गीरिः

अस्मिता अधिकारीः अस्मिता अधिकारी पनि उत्कृष्ट प्रस्तुती दिदैं आएकी छन् । उनका समर्थक पनि धेरै छन् । र, अहिलेसम्म राम्रो भोट पाइरहेकी छन् । दोस्रो नेपाल आइडल महिला हुनुपर्छ भन्ने कयौंको सपना साकार गर्ने जिम्मा स्रोता-दर्शकको हातमा छ । यदि उनले अध्यधिक भोट पाएमा कयौंको सपना पूरा नहोला भन्न सकिन्न ।

अस्मितामा मनछुने गीत गाउनसक्ने क्षमता राम्रो छ । अहिलेसम्म गाएका उनका गीतले स्रोता-दर्शक खुसी छन् । अस्मिताको यात्रा शिखर पुग्छ या पुग्दैन आगामी अंक हेर्दै जाऔं ।

पवन गीरिः पवन त्यस्ता प्रतिस्पर्धी हुन् जसले जस्तो गीत पनि सजिलै गाउन सक्छन् । अहिलेसम्म हेरिएका अंकमा उनले सबै गीत गाएर स्रोता-दर्शकको मन खिचेका छन् । उनी पनि नेपाल आइडलको दाबेदार मध्येका एक हुन् ।

अमित बरालः ‘पन्छी’ बोलको गीत गाएपछि अझैं स्रोता-दर्शकको मनमा बस्न सफल अमित पनि नेपाल आइडलको शिखरमा पुग्न सक्छन् । उनका समर्थक पनि बढ्दै गएका छन् । र, उनले पनि प्रस्तुती झन दमदार दिदै आएका छन् । अब हेरौं ‘नेपाल आइडल’ मा उनको यात्रा शिखर पुग्छ या बिचमै रोकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *