Sajhamanch Archive

इलाममा लिम्बु भाषालाई सरकारी कामकाजको भाषा बनाइयो

Published: in राष्ट्रिय समाचार by .

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको छ ।

माङसेबुङ गाउँपालिका–५ मा हिजोदेखि औपचारिक रुपमा लिम्बु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन सुरु गरिएको हो । प्रदेश सांसद धिरेन्द्र शर्मा, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोलगायत जनप्रतिनिधि, बुद्धिजिवी, भाषिक र साँस्कृतिक अगुवा तथा वडाबासीलाई साक्षी राखेर वडा अध्यक्ष नरेन्द्र राईले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको घोषणा गरे ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको जनाइएको छ ।

अंग्रेजी, किरात सिरीजंगा लिपी र देवनागरी लिपीमा लेखिएको त्रैभाषिक वडा कार्यालयको सूचना पाटी बाचन गरेर अध्यक्ष इधिङ्गोले कार्यक्रम उद्घाटन गरे ।

वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयको बोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फारमहरुमा नेपाली भाषाका साथ लिम्बू भाषा र किराँत सिरजिंगा लिपी प्रयोग हुने भएको छ । यो वडामा ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *