Sajhamanch Archive

६६ वर्षिया मोडल हजुरआमा भएँ पनि मोडलिङ गर्छिन

Published: in विविधा by .

मानिसको आ–आफ्नै सपनाहरु हुन्छन् । र ती सपना पूरा गर्न सधैँ तत्पर रहन्छन् । सामान्यताः उच्च शिक्षा हासिल गरेपछि मानिसहरु आफ्नो करियरको सुरुवाती चरणमा प्रवेश गर्ने गर्छन् । र कोहि उच्च शिक्षा अघि पनि आफ्नो सपनाको लागि मेहेनत गर्न सुरु गरिसकेका हुन्छन् ।

तर संसारमा कोहि यस्ता मानिस पनि हुन्छन् जो विभिन्न समस्याका बाबजुत आफ्नो सपनाहरुलाई थाती राखिरहेका हुन्छन् र जीवनको अन्तिम मोडहरुमा ती सपना पूरा गर्नको लागि पुनः कसरत सुरु गर्छन् ।

उमेर ढल्केपछि जीवनमा नयाँ अध्याय सुरु गर्नेमा युक्रेनी महिला पनि पर्छिन् । उनले ६६ वर्षको उमेरमा जीवनमा नयाँ अध्यायको सुरुवात गरेकी छिन् ।

६ दशकको उमेर कटेपछि मोडलिङ अपनाएकी लरिसा मिखाल्तसोभा युक्रेनी महिला अचेल क्याटवाक र कभरपृष्ठमा देखिन्छिन्।

उनी कालीनोभ्का नामक युक्रेनको एक सानो गाउँमा बस्छिन् । जीवनका ४ दशक बालबालिकालाई ‘बटन अर्कोर्डियन’ बाजा बजाउन सिकाएकी लरिसाले तीन वर्ष अघि आफ्नो काम परिवर्तन गरिन् र मोडलिङ सुरु गरिन् ।

उनलाई एउटा पत्रिका प्रकाशकले रेस्टुरेन्टमा बाजा बजाएको दखेपछि फोटो सुटका लागि आमन्त्रण गरे । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा पत्रिकाले विशेष अंकका लागि उनलाई बोलाएको थियो ।

उनलाई पत्रिकाको प्रस्ताव स्वीकार गर्न केहि समय लाग्यो । तर उनले आफूलाई फोटोसुटको लागि तयार गरिन् । ध्यान दिएर पोशाक रोजिन् र बाजासँग मेरो फोटो खिचिदिन आग्रह गरिन् ।

फोटोसुटपछि उनले नातिलाई आफ्नो प्रोड्युसर बन्न भनिन् । नातिले उमेर धेरै भइसकेका मोडलहरुको एकमात्र एजेन्सीसँग सम्पर्क गरे । उनी कास्टिङका लागि मस्को जान थालिन् । उनले भनिन्, ‘म अग्लो हिल भएको जुत्ता, टाइट स्कर्ट र सजिएको कपालसहित त्यहाँ पुगेँ । पत्रिकाका प्रशासकले मलाई हेरे र पत्रिकाको कभर पृष्ठमा मेरो फोटो राख्न आग्रह गरे । सुरुमा यो कुराले मलाई असहज महसुष भयो अनि मैले उनलाई भने ‘के भनेको त्यस्तो रु म त पाको उमेरको शिक्षक हुँ ।’

तर फोटोसुटपछि उनलाई जर्मनीको फेशन शोमा बोलाइयो । उनी आफूलाई मेकअपको बारेमा राम्रो ज्ञान नभएको भन्दै, ‘मेकअप मन नपरेपनि एक महिनाको एक दिन मेकअपलाई झेल्न बाध्य भए । मैले राम्ररी तयारी गरेँ । नृत्य सिकेँ । अनि क्याटवाक गर्न पनि सिकेँ ।’ उनी आफूलाई आत्मेकेन्द्रित भएको बताउँछिन् । र भन्छिन्, ‘म अलि आत्मकेन्द्रित छु । जब सबैको ध्यान म माथि हुन्छ, म आफूलाई रानी जस्तै ठान्छु ।’

लरिसा फेशनको दुनियाँबाट टाढा बस्छिन् तर उनलाई न दूरी न उमेरले नै छेकेको छ । उनी उमेरसँग लड्ने होइन स्वीकारेर अघि बढ्नुपर्ने बताउँछिन् ।

बिबिसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *