Sajhamanch Archive

दैनिक १२ करोडको अन्‍नमा विदेशको भर पर्नुपर्ने अवस्था

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपालको परिचय देखाउने एक क्षेत्र हो कृषि हो। कृषिप्रधान देशको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउने गरिन्छ।

नेपालमा लगानी गर्ने प्रमुख क्षेत्रमा रूपमा पनि कृषिलाई नै गणना गर्ने गरिएको छ। तर, कृषिमा नेपाल निरन्तर परनिर्भर बन्दै गएको छ।

विदेशीबजारबाट खाद्यान्न आएन भने केही महिना पनि थेग्‍न सक्ने अवस्था छैन। आम जनताको खाद्य अधिकार गुम्ने स्थिति रहेको छ।

पौने तीन करोड जनसंख्या भएको हाम्रो देशमा औसत एकजनाले प्रत्येक दिन पाँच रुपैयाँको विदेशबाट आयात गरिएको अन्न खरिद गर्नुपरेको छ।

व्यापार तथा निकास प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनालाई आधार मान्ने हो भने दैनिक साढे १२ करोड रुपैयाँ बराबरको खाद्यान्न शीर्षकमा सामान विदेशी बजारबाट आएको छ।

त्यसमा पनि उत्पादित साग्री तथा फास्ट्फुडहरू पनि योभन्दा ठूलो रकम बराबरको आएको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४ अर्ब ९० करोड रुपैयाँ बराबरको अन्न विदेशी बजारबाट आएको छ सरकारले आफ्नो प्रमुख प्राथमिकतामा कृषि क्षेत्रलाई पारेर पनि कृषिको परनिभर्रता घट्न सकेको छैन।

दिनप्रतिदिन परनिर्भरता बढेको देखिएको छ। आर्थिक वर्ष ०७२र७३ पहिलो महिनालाई आधार मान्ने हो भने दैनिक ९ करोड रुपैयाँ बराबरको खाद्यान्नमा विदेशको भर पर्नुपर्ने स्थिति रहेकोमा दुई वर्षको अवधिमा दिनको तीन करोड रुपैयाँ बराबरको खाद्यान्न विदेशी बजारको भर पर्नुपर्ने स्थिति रहेको छ।

प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४ अर्ब ९० करोड रुपैयाँ बराबरको अन्न विदेशी बजारबाट आएको छ।

यो तथ्यांकले औसत तीन अर्ब ७२ करोड बराबरको अन्‍न आयात भएको देखिन्छ। जबकि ०७२र७३ को पहिलो पहिलो महिना दुई अर्ब २३ करोडको अन्‍न आयात भएको छ भने आर्थिक वर्ष ०७४र७५ को चार महिनालाई आधार मान्दा तीन मासिकमा तीन अर्ब १६ करोड रुपैयाँ बराबरको अन्न आयात भएको छ।

हामी खाद्यान्न उत्पादन दोब्बर बनाउने भनेर लागेका छौँु सुवेदीले भने दानाको आयातले मासु उत्पादन बढ्छ अन्य प्रभाव पनि देखिन्छ कृषि मन्त्रालयमा आउने हरेक मन्त्रीले खाद्यान्नमा आत्मनिर्भर।

हुनको लागि आफ्ना योजना सार्वजनिक गरेका छन्। वर्तमान कृषिमन्त्री चक्रपाणि खनालले पनि पाँच वर्षमा खाद्यान्नमा आत्मनिर्भर कार्ययोजना अघि सारेका छन्। कृषि मन्त्रालय भने कार्यायोजनाअनुसार नै अघि बढेको दाबी गरेको छ।

अन्नको आयात बढ्दा अन्य उत्पादन बढाउन सहयोग पुगेको कृषि विकास महाशाखा प्रमुख तेजबहादुर सुवेदी बताउँछन्। ुयो अन्नको मात्रैको आयात हो हामी खाद्यान्न उत्पादन दोब्बर बनाउने भनेर लागेका छौँु सुवेदीले भने दानाको आयातले मासु उत्पादन बढ्छ अन्य प्रभाव पनि देखिन्छु।

उनले नेपालीको खानपान शैली बढेको कारण पनि अन्‍नको आयात निरन्तर बढेको बताउछन्। ुगाउँ गाउँमा बाटो पुगेकै छ, चामलको माग बढ्दो छ आफ्नो उत्पादन खेर गएको छ।ु

मन्त्री खनालले कार्ययोजना सार्वजनिक गरेपछिअन्नमा दैनिक परनिर्भरता करिब एक करोड रुपैयाँ बराबरको बढेको छ।

कृषि विज्ञसमेत घिमिरे सरकारको नीति तथा कार्ययोजना र कृषि प्रणालीमा तालमेल नहुँदा कृषिजन्य सामाग्रीको आयात अस्वाभाविक बढेको बताउँछन्।
सरकारको नीति पाँच वर्षमा दोब्बर उत्पादन गर्नेछ हाम्रा कृषकलाई सामान्य प्रविधिको ज्ञान पनि छैनु घिमिरेले भने ुविप्रेषणको प्रभाको कारण पनि कृषिको आयात बढेको हो।

उनले कृषि उत्पादनको आयात घटाउनको लागि उचित योजनासहित प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *