Sajhamanch Archive

उप प्रमुखको अध्यक्षतामा बैठक बसेर बिभिन्न निर्णयहरु भएको भन्ने कुरा गलत भएको नगर प्रमुख रोहितकुमार शाहको भनाई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

गौरादह । झापाको गौरादह नगरपालिकाका उप प्रमुखको अध्यक्षतामा बैठक बसेर बिभिन्न निर्णयहरु भएको भन्ने कुरा गलत भएको नगर प्रमुख रोहितकुमार शाहले बताएका छन् । नगरका बिभिन्न ऐन र नियम बनाउने बिषयमा सहमती नजुटेको तर उप प्रमुखको अध्यक्षतामा बैठक भने नबसेको नगर प्रमुख शाहले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।

आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख शाहले संघ र प्रदेशले नबनाईकन स्थानिय सरकारले ऐन नियम बनाउँदा भोली बिबादित हुने भन्दै आफुले सहमतीमा ऐन नियम बनाउनको लागी हिँजोको बैठक स्थगित गरेको बताउँदै शाहले सहमतिको प्रयास पछि केहि दिन भित्रैमा बैठक बोलाउने जानकारी दिए ।

सबै पक्षको आपसी सहमतिबाट गौरादहको बिकाश गर्नक कै लागि गौरादहबासीले एक पक्षलाई बहुमत र अर्को पक्षलाई कार्यकारी प्रमुख जिताएर पठाएको भन्दै नगर प्रमुख शाहले जनताको म्यान्डेट र प्रचलित कानुन बिपरित शक्तिको अभ्यास गर्ने अधिकार कसैलाई नभएको बताए ।

हिँजो निर्वाचनको समयमा जुन सुकै दलको तर्पmबाट उम्मेद्वार भएको भए पनि आज निर्वाचित भएर आएपछि सबै नागरिकको साझा जनप्रतिनिधि भएर काम गर्नु पर्ने भन्दै उनले कुनै पार्टी र दल बिषेशको स्वार्थमा कानुन मिच्ने छुट कसैलाई नभएको जानकारी दिए ।
यसै बीच संघिय संसद सदस्य महेन्द्राकुमारी लिम्बुले गौरादह नगरपालिकामा भएको बिबादलाई सहमतीबाट टुंगो लगाउनु पर्ने बताउनु बताएका छन् । आज गौरादह नगरपालिकाका नगर प्रमुख तथा उप प्रमुखलाई भेटी सकेपछि सांसद सुब्बाले जनप्रतिनिधिहरुले बहुमत र अल्पमत नभनी सहकार्य गरेर गौरादहको बिकाशमा लाग्नु पर्ने बताए । नगर प्रमुख र उप प्रमुखको अधिकार कानुनले नै स्पष्ट गरिसकेको भन्दै कानुन भन्दा बाहिर गएर कसैले काम गर्न नसक्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *