Sajhamanch Archive

भित्ते पत्रिका लेखनमा मनकामना उत्कृष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । अक्स्पोड एकेडेमी ट्रेनिङ्ग सेन्टर द्वारा आयोजित तिन दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन सम्बन्धि तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिद्यार्थीको लेखन क्षमता बिकास गर्नका लागि सो कार्यक्रम गरिएको बताइएको छ । प्रत्येक बिद्यालयका बिद्यार्थीले आ–आफुले तयार पारेका भित्ते पत्रिका प्रदर्शन गरेका थिए । जसमा मनकामना बिद्यालय उत्कृष्ट भएको छ । उत्कृष्ट बिद्यालयलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ ।

झापाका १० ओटा बिद्यालय सहभागी तालिममा बिर्तामोड, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका बिद्यालयको सहभागिता रहेको तालिम गत जेष्ठ महिनामा गरिएको तालिमको समापन शुक्रबार गरिएको हो । ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक केशब मैनालीको अध्यक्षता रहेको कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक राजेन्द« गौतमले सहजिकरण गरेका थिए । । संचारकर्मी अच्युत सुबेदी, हरीकृष्ण भन्डारी ,हरी बराल, चेतन लामिछाने लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन पत्रकार सरोज पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *