Sajhamanch Archive

दाजुलाई खुकुरी प्रहार गरी भाग्दै गरेका भार्इ सुवेदी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम । इलामबाट दाजुलाई खुकुरी प्रहार गरी भाग्दै गरेका भार्इ पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

दाजुलाई खुकुरी प्रहार गरेर भाग्ने बेला इलाम नगरपालिका ९ का नवीन सुवेदीलाई पक्राउ गरिएको इलाम प्रहरीले जानकारी दिएको छ ।

२८ वर्षीया सुवेदीले आफ्ना ३० वर्षका दाजु संजिव सुवेदीलाई घरायसी विवादका कारण खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सुवेदीको हातको औला छिनेको छ भने टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । घाइते सुवेदीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापाको अस्पतालतर्फ रेफर गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *