Sajhamanch Archive

बंगलादेशबाट चिकित्सा शिक्षाः लाईसेन्स परीक्षामा अधिकांश फेल

Published: (Updated: ) in मिडियाबाट साभार by .

बंदलादेश ।  बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाईसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ ।

साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाईसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए । परीक्षामा सफल हुनेको संख्या २१.३ प्रतिशतमात्र छ । यस्तै, १२ दन्तचिकित्सकले परीक्षा दिएकामा ९ जना फेल भएका थिए ।

आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सहभागी भएकामा ६१ जना फेल भएका थिए । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएनका अनुसार बंगलादेशका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।

सरकारी भन्दा निजी मेडिकल कलेजमा पढ्ने धेरै छन् । तर यहाँबाट एमबीबीएस गरेकाहरु लाईसेन्स परीक्षामा उत्तीर्ण हुने दर भने केही बर्षदेखि खस्कँदो रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।,

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *