Sajhamanch Archive

नेपाल आइडलका कान्छा प्रतिस्पर्धी सुमितलाई जिताउन प्रचार प्रसार तिब्र

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

दूधे । एपिवान टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय कार्यक्रम नेपाल आइडल सिजन दुईका कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई सर्वाधिक भोट दिलाउन प्रचार प्रसारलाई तिब्र पारिएको छ ।

झापाको सुरुङ्गा निवासी सुमितलाई जिताउन स्थानीय युवाहरुले  होडिङ बोर्ड राखेका छन् भने विभिन्न सवारी साधनहरुमा सुमित फोटो टाँसेका छन् । बाहिरबाट आउने, तथा सवारी साधनमा यात्रा गर्ने मानिसहरुलाई सुमितलाई चिनाउन फोटो होडिङ बोर्ड राखेको अभियान कर्मीले बताए ।

सुमित जिताउ अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योती उप्रेतीका अनुसार नेपाल बाहेक जापान, जर्मन, भारत, मलेसिया , दुबई, साउदी अरवेया, बेलायत, अमेरिका र थाइल्याण्डमा रहेका नेपाली र अन्य समुदायका नागरिकबाट समेत सक्दो भोट गर्ने योजना छ ।

अघिल्लो हप्ता सुमित पाठक बटम थ्री मा परेपछि यसपटक उनलाई विश्वबाट भोट आउन लागेको हो । सहभागी प्रतिस्पधी ५ जनामध्ये सुमित सबैभन्दा वढी संंगीत साधकका रुपमा रहेका छन् ।

सुमितका पिता धुब्र पाठक समेत संगीत शिक्षक हुन । उनको झापा कनकाई नगरपालिकामा संगीत साधना कला केन्द्र संचालनमा रहेको छ । सुमितले प्रारम्भिक संगीत शिक्षा बुबाबाट लिएका हुन् । सास्त्रीय संगीतमा अब्बल मानिएका सुमित, आधुनिक , पप , र्याप सबै प्रकारका गीत गाउन सिपालु रहेको बुबा ध्रव पाठक बताउँछन् । उनी भन्छन् सानैदेखि हारमोनियम , तवला , गितार , ड्रमसेट लगायतका बजाउँथ्यो ।

सुमित पाठक जिताउ अभियान झापाका संयोजक तथा कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल हाम्रो भन्दा पनि राम्रो र क्षमता क्षमता भएको मानिस नेपाल आइडल हुनसके देशकै शान वढ्ने भएकोले आफुहरु लागि परेको बताए ।

उनले सुमितलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर १२ टाइप गरि ३१००९ मा पठाउन वा रेस्पोट एण्ड राइज एप्प डाउनलोड गरेर समेत भोट गर्न सबैलाई आवहान समेत गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *