Sajhamanch Archive

नवज्योति युथ क्लबलाई हराउँदै कुटिडाँडा फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by .

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगितामा नवज्योति युथ क्लब जयपुरलाई हराउँदै कुटिडाँडा क्लब इलाम फाइनलमा प्रबेश गरेको छ ।

विहीबार भएको अन्तिम सेमीफाइनलमा नवज्योति युथ क्लबलाई ४–१ ले हराउँदै कुटिडाँडा इलामले उपाधिका लागी आयोजक भोटेटार सँगको भेट पक्का गरेको हो ।

शुक्रबारको पहिलो खेल सहप्रायोजक बुधबारे जेसीज र प्रायोजक हचुमासा सामुदायिक वन उपभोक्ता समितिको बीच मैत्रीपुर्ण खेल हुने जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।

झापा र इलामका ८ टिम सहभागी प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैँया र उपविजेताले नगद २० हजार रुपैँया सहित शिल्डकप र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *