Sajhamanch Archive

कमल गाउँपालिकामा दुई सयको स्वास्थ्य परिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । कमल गाउँपालिकाको वडा नम्वर १ स्थित बाँसबारी आधारभुत विद्यालयमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वर्क फर नेपालको आयोजना तथा हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलोपमेन्टको अर्थिक सहयोगमा शिविरको व्यवस्थापन कमल गाउँपालिका वडा नम्बर १ को वडा कार्यलयले गरेको हो । प्रविधिक सेवा आम्दा नेपालको रहेको थियो ।

कमल गाउँपालिकाको अत्यन्तै पछि परेको वडा पूर्व पश्चिम राजमार्गबाट करिव १३ किलोमिटर दक्षिणमा शिविर सञ्चालन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिति तथा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको स्वस्थ्य परिक्षण गरी शिविरको उद्घाटन गरिएको थियो ।
यस क्षेत्रका जनाता स्वस्थ्य सेवा पाउन बाट बन्चित भएकोले यस क्षेत्रलाई छनौट गरेर शिविर सन्चलन गरीएको वर्क फर नेपालका अध्यक्ष तिलोचन अधिकारीले जानकारी दिए ।स्वास्थ्य सेवा पाउनबाट बन्चित बन्चित बनेका गाउँपालिका बासी स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउन उद्देश्यले शिविरको आयोजना गरिएको हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलोपमेन्टका कार्यक्रम व्यवस्थापक जिव पोख्रेलले बताए । शिविरमा २ सयले स्वास्थ्य परिक्षण गराएको थिए ।

शिविरमा आम्दा नेपालकाको प्राविधिक सहयोग रहेको थियो । डाक्टर लिला सुन्दर श्रेष्ठ, पवित्रा कट्टेल लगायतको टोलीले सहजिकरण गरेका थिए । शिविरमा ८० हजार बढी मुल्यको औषधि वितरण गरिएको संस्थाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *