Sajhamanch Archive

५ अर्ब ५१ करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

Published: in विविधा by .

काठमाडौं । मुलुकको केन्द्रीय बैंकले ५ अर्ब ५१ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ ।

यस्तो ट्रेजरी बिल पर्सी मंगलबार जारी हुनेछ ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्नका लागि भोलि सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिएको छ ।

राष्ट्र बैंकले २८ दिन अवधिका लागि ३ अर्ब २५ करोड रुपैयाँ र ९१ दिन अवधिका लागि २ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

२८ दिने ट्रेजरी बिल आगामी पुस २४ गते र ९१ दिने ट्रेजरी बिल आगामी फागुन २८ गते परिपक्व हुने छ ।

यसअघि मंसिर १७ गते भएको ३ अर्ब १३ करोड रुपैयाँबराबरको ९१ दिन अवधिको ट्रेजरी बिल अनलाइन बोलकबोलमा ८ अर्ब ९४ करोड रुपैयाँको बिड परेको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *