Sajhamanch Archive

पृथ्वीनारायण शाहको तरबार चोरियो

Published: in मिडियाबाट साभार by .

नुवाकोट । देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो ।

‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’ तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गरेर खोजबिन गर्दा नभेटिएको उनले बताए ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *